झापा महिला गोल्डकप : ४ खेलमा ११ लाख रुपैयाँभन्दा धेरैको टिकट बिक्री

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

काठमाण्डौँ । झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा चलिरहेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको चार खेलमा ११ लाख रुपैयाँभन्दा धेरैको टिकट बिक्री भएको छ ।

प्रतियोगितामा क्वाटरफाइनलका चार खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ । प्रतियोगिता हेर्न स्थानीयवासीदेखि आसपासका जिल्लाबाट दर्शकहरू रङ्गशालामा उपस्थित भइरहेका छन् । महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीहरूको प्रतिस्पर्धाले दर्शकको आकर्षण झनै बढाएको छ ।

आयोजक झापा महिला फुटबल प्रतियोगिता समितिका अध्यक्ष सन्तोष थोप्राले दर्शकको उत्साहले आफूहरूलाई थप जिम्मेवारी बढाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *