काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीचको खेलका लागि टिकट संख्या दुई हजार बढाएको छ।
एन्फाले मंगलबार मात्रै करिब ८ हजार मात्रै टिकट बिक्री गरिने जानकारी दिएको थियो । तर त्यसबेलामा १ हजारदेखि १२ सय बिक्री गरिने बताइएको थियो ।
सात हजार भने सामान्य पारापिटतर्फको बिक्री गरिने जानकारी दिएको थियो । तर, दुई दिनपछि नै दुई हजार टिकट संख्या बढाएको हो ।
एन्फाका कम्पिटिसन डाइरेक्टर सञ्जीव मिश्रले सम्पूर्ण ब्लकहरूको अध्यन गरेर टिकट संख्या बढाइएको जानकारी दिएका छन् ।
तर, टिकट मूल्य भने यथावत् छ। खेलको टिकट एन्फा आफैंले बेच्दैछ । नेपालले भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ।
एन्फाले पहिलो टिकट बिक्रीको जिम्मेवारी टेन्डरमार्फत अन्यलाई दिँदै आएको थियो । तर, क्षमतालगायत अन्य कुरामा प्रश्न उठेपछि एन्फा आफैंले टिकट बिक्री गर्न लागेको प्रवक्ता सुरेश शाहले बताएका छन् ।
एन्फाले भीआइपीतर्फको टिकट १ हजार र समान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रूपैयाँ तोकेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्