काठमाडौं – आगामी पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रतियोगितामा सहभागी १७ क्लबका प्रतिनिधिहरूबीच शुक्रबार भएको छलफलमा पुरस्कार राशिसहितका विभिन्न विषयमा सहमति भएको हो।
एन्फाका अनुसार लिगको उपविजेताले २५ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। राष्ट्रिय लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुस २५ गतेदेखि सुरु हुने छ।
प्रतियोगिताका लागि सहभागी क्लबहरूले पुस १८ भित्र खेलाडी दर्ता सक्नुपर्नेछ भने खेल तालिका पुस २० गते सार्वजनिक गरिने बैठकमा जानकारी गराइएको छ।
सिंगल राउन्ड–रोबिन ढाँचामा सञ्चालन हुने लिगमा प्रत्येक टोलीले १६ खेल खेल्ने छन्। ए डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र एन्फा प्रेसिडेन्ट कपमार्फत छनोट भएका ४ टोलीसहित जम्मा १७ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
एन्फाले लिग तयारीका लागि प्रत्येक टोलीलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। साथै, प्रेसिडेन्ट कपबाट छनोट भएर आएका उपत्यका बाहिरका क्लबलाई यातायात खर्चबापत २ लाख र उपत्यकाका क्लबलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ।
राष्ट्रिय लिगका लागि दर्ता भएका क्लबहरू
ए–डिभिजन क्लब
१) चर्च ब्वाइज युनाइटेड
२) मच्छिन्द्र क्लब
३) नेपाल पुलिस क्लब
४) जावलाखेल युथ क्लब
५) सातदोबाटो युथ
६) एनआरटी
७) त्रिभुवन आर्मी क्लब
८) मनाङ मर्स्याङ्दी क्लब
९) सङ्कटा क्लब
१०) फ्रेन्ड्स क्लब
११) एपिएफ क्लब
१२) प्लानिङ ब्वाइज युनाइटेड
१३) श्री भगवती क्लब
एन्फा प्रेसिडेन्ट कपबाट छनोट क्लब
१) लालीगुराँस युवा क्लब (कास्की)
२) चित्लाङ यू क्लब (काठमाडौं)
३) नव जनजागृति क्लब (बारा)
४) काक्रेविहार स्पोर्ट्स क्लब (सुर्खेत)
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्