×

सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा बुढानिलकण्ठ भलिबल क्लबले सहभागिता जनाउने

पुस २२, २०७९ | दाक्सु मिडिया

पुष २२, काठमाण्डौ – पुष २४ गतेदेखी सुरु हुने सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा बुढानिलकण्ठ भलिबल क्लबले खेलाडी सहभागी गराउने भएको छ । क्लबले सन्जय बस्नेत, रोशन विक, सुमन मगर, आशिष खत्री, सन्तोष श्रेष्ठ, देवेन्द्र बोगटी ,राजदिप तामाङ, शंकर मोक्तान, निरकाजी तामाङ, तेज बहादुर खड्का , लोक बहादुर मगर, भक्त तामाङ, सुवास मगरको टिमलाई प्रतियोगितामा सहभागि गराउने भएको छ ।


टिममा केहि अनुभवी र केहि नयाँ खेलाडी समावेश गरिएको बुढानिलकण्ठ भलिबल क्लबका अध्यक्ष सुवर्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्जय बस्नेत सोलुखुम्बुबाट र रोशन विक खोटाङबाट छनोट भई नवौं राष्ट्रिय खेलमा प्रदेश एकबाट सहभागी खेलाडीहरु हुन् । यसैगरि राजदिप तामाङ छैटौ एनभिएमा बुढानिलकण्ठबाट खेलिसकेका खेलाडी हुन भने शंकर मोक्तान विभिन्न प्रतियोगिताहरुमा बुढानिलकण्ठबाट खेलिसकेका खेलाडी हुन् । २५ वर्षदेखी भलिबल खेलमा क्रियाशिल एलन पुनले खेलाडीहरुलाई कोच गर्नेछन् । विगत २५ वर्षदेखी बुढानिलकण्ठ कपन क्षेत्रमा भलिबल खेललाई प्राथमिकता दिई काम गरिरहेको क्लबका अध्यक्ष थापाले बताउनुभयो । क्लबको निरन्तर प्रयासमा एपिएफ्का धिरज बस्नेत जस्तो खेलाडी उत्पादन गर्न सकेको उहाँले दाबी गर्नुभयो ।

सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप यही पुस २४ देखि माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना गरिने छ ।


प्रतियोगीतामा पुरुषतर्फ १५ र महिला तर्फ ८ टीम सहभागी हुने संघले जनाएको छ । प्रतियोगिताको विजेताले ४ लाख , उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी–एनभीए क्लब लिग खेल्न पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: