बलेसहितका कलाकारलाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार’

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २७

काठमाडौं : मोडल तथा कलाकार सागर लम्साल ‘बले’ सहितका कलाकारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संगीत तथा नाट्य विधातर्फ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८०’ प्रदान गरेको छ ।

राष्ट्रिय नाचघर जमलमा बिहीबार आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले कलाकारलाई पुरस्कृत गरे ।

स्याङ्जा घर भएका सागरले संगीत तथा नाट्य क्षेत्रमा समर्पित रही योगदान पुर्‍याएको भन्दै मन्त्रालयले नेपाल सरकारद्वारा स्थापित राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत ‘गण्डकी प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार २०८०’ प्रदान गरेको हो ।

संगीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कारबाट माइला लामा पुरस्कृत भए । प्रादेशिकतर्फ कोशी प्रदेशका धनकुमार ज्ञांकी, मधेशबाट राजेशकुमार पासवान, बागमतीबाट सरिता गिरी, गण्डकीबाट सागर लम्साल, लुम्बिनीबाट कमलकुमार शर्मा, कर्णालीबाट सुरज पण्डित र सुदूरपश्चिमबाट विक्रम कुँवर प्रतीक पुरस्कृत भए ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार ललितपुरका सन्तकुमार शाक्यले प्राप्त गरे । यो विधामा प्रादेशिक प्रतिभा पुरस्कार कोशीबाट सरोजा खंगी, मधेशबाट सुनैना ठाकुर, बागमतीबाट कृष्णगोपाल श्रेष्ठ, गण्डकीबाट पदम घले, लुम्बिनीबाट यामबहादुर थापा, कर्णालीबाट सोनाम डोल्मा तामाङ र सुदूरपश्चिम प्रदेशबाट सुरेशकुमार पाल्पाली पुरस्कृत भए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *