×

धनगढीमा शौचालय डिजाइन प्रतियोगिता, विजेतालाई १ लाख ५० हजार पुरस्कार

फाल्गुन ७, २०७९ | दाक्सु मिडिया सम्वाददाता

धनगढी उपमहानगरपालिकाले शौचालयको डिजाइन प्रतियोगिता आयोजना गरेको छ।

उपमहानगरले बनाउन लागेका सार्वजनिक शौचालयको डिजाइन बनाउने मध्ये उत्कृष्ट एक इन्जिनियरलाई एक लाख ५० हजार पुरस्कार दिने भएको छ।

यसका लागि उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको सहकार्य गरेर देशभरका इन्जिनियरलाई आफ्नो डिजाइन पेश गर्न आव्हान गरेको छ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने नमुनालाई नगद पुरस्कारको व्यवस्था गरिएको उपमहानगरका मेयर गोपाल हमालले बताए।

प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनले २१ दिने सूचना निकालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: