सुदूरपश्चिम रोयल्सले कर्णालीलाई दियो १४० रनको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ८

काठमाण्डौँ । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ ।

नेपाल प्रिमियर लिगअन्तर्गत भइरहेको खेलमा निर्धारित ओभरमा ९ विकेट गुमाएर ९ रन बनाएको हो ।

सुदूरपश्चिमले कीर्तिपुरस्थित टीयू स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २८ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३९ रन बनाए ।

आरिफ शेखले २७ र रह्मित सिंहले १९ रन जोडे। बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए।

नन्दन यादवले २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Riley49

    November 24, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *