|
२०८२ मंसिर १
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो ।
उसका लागि ओपनर आसिफ शेखले अर्धशतकीय पारी खेले ।
उनले ४१ बलमा ६ चौका र एक छक्कासहित ५४ रनको पारी खेलेका हुन् । यस्तै, मयन यादवले अविजित ३४ रन जोडे । लाहिरु समरकुन १५ रनमा आउट भए ।
काठमाण्डु गोर्खाजका लागि मिलिन्द कुमारले चार ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, साहब आलम, सन्तोष यादवक र करण केसीले एक–एक विकेट हात पारेका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्