पोखरालाई १ सय ९४ रनको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ५

काठमाण्डौँ । जोश ब्राउन र विनोद भण्डारीको शतकीय साझेदारीप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै रनको १ सय ९३ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको साझेदारी गरेका थिए । यो साझेदारी जिम्मी निशमले तोडेका थिए ।

काठमाडौंका लागि जिम्मी निशमले तीन तथा ड्यानियल डाउथवेट आकाश चन्दले दुई–दुई विकेट लिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *