सुदूरपश्चिमले काठमान्डुलाई दियो १४८ रनको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ३

काठमाण्डौँ । निर्धारित २० ओभरमा अलआउट हुँदै सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।

कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए ।

बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २(२ विकेट लिए ।

काठमान्डु गोर्खाजले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Madeline4032

    November 20, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *