चितवनलाई कर्णालीले दियो १ सय ६७ रनको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाण्डौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई १ सय ६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६६ रन बनाएको छ । कर्णालीका प्रियांक पंचालले ९०, पवन सर्राफले अविजित २७ रन बनाए । चितवनका सोहेल तानभीर, सेफ जेब र रवि बोपाराले १/१ विकेट लिए ।

आजै दोस्रो खेलमा दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *