आलडाँडासम्म पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३०

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–८ को पर्यटकीय क्षेत्र आलडाँडामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सेवा पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणको ‘उज्यालो म्याग्दी’ अभियानअन्तर्गत राम्चेदेखि आलडाँडासम्म लाइन विस्तार गरिएको हो। प्राधिकरणका अनुसार अब मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराह क्षेत्रमा पनि विद्युत् पुर्‍याउने तयारी भइरहेको छ।

विद्युत् विस्तारसँगै ती क्षेत्रका पर्यटन गतिविधि तथा स्थानीयको दैनिकीमा सहजता आउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *