|
२०८३ श्रावण ३०
काठमाडौं : पूर्वी जापानमा परेको असाधारण भारी वर्षा र बाढीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ। भीषण वर्षाले जनजीवन प्रभावित हुनुका साथै टोकियोको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका छन्।
चिबा क्षेत्रमा प्रतिघण्टा १०० मिलिमिटरभन्दा बढी वर्षा भएपछि करिब २० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्। बाढीमा डुबेको कारभित्र एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जनाको सडकमा लडेपछि ज्यान गएको बताइएको छ।
जापानले उच्च तहको आपत्कालीन चेतावनी जारी गरे पनि शुक्रबार त्यसलाई लेभल–४ मा झारेको छ। यद्यपि बाढी र पहिरोको जोखिम कायमै रहेकाले सतर्क रहन आग्रह गरिएको छ। मौसमविद्का अनुसार तातो तथा ओसिलो हावाको प्रभावले पूर्वी जापानमा असाधारण वर्षा भएको हो।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्