२४ घण्टामा ट्राफिक प्रहरीको कारबाही, १ हजारभन्दा बढी चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३०

काठमाडौँ — काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०७ जना सवारी चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार साउन ३० गते बिहान ६ बजेसम्म विभिन्न कसुरमा उनीहरूलाई कारबाही गरिएको हो।

कारबाहीमा सबैभन्दा धेरै अन्य ट्राफिक कसुरतर्फ ६७६ जना परेका छन्। त्यस्तै तीव्र गतिमा सवारी चलाउने १३३, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७९ र रेड लाइट उल्लंघन गर्ने ६४ जना चालक कारबाहीमा परेका छन्।

यसैगरी अवस्था ठीक नभएका सवारी चलाउने ४३, लेन अनुशासन उल्लंघन गर्ने ४२, सीसीटीभी निगरानीबाट पहिचान भएका ३७ तथा हर्न निषेधको नियम उल्लंघन गर्ने १९ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ। वन–वे नियम उल्लंघन गर्ने १४ जना पनि कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *