साफ यु–१७ च्याम्पियनसिप खेल्ने टोली घोषणा, नेपालले भारतसँग खेल्दै प्रतियोगिता सुरुआत गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २५

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने अन्तिम टोली घोषणा गरेको छ ।

एन्फाले आइतबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट अन्तिम २३ सदस्सीय टोली घोषणा गरेको हो । प्रतियोगिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुने तय छ।

डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा भुटान र नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउने छन् । नेपालले २० अगस्टमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *