घरेलु मैदानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को अन्तिम शृखंलाका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मंगलबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । जसमा युएईमा भर्खरै सम्पन्न लिग टु खेलेका खेलाडीले नै निरन्तरता पाएका छन् ।
युएई गएकामध्ये सन्दिप जोरा, श्याम ढकाल, अर्जुन साउद र कमलसिंह ऐरी रिजर्भमा छन् ।
यही फागुन २५ देखि चैत २ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल, युएई र पपुवा न्युगिनीबीच शृखंला हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया