साफ यु–१९ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ बैशाख ३०

काठमाण्डौँ । नेपालले आज मंगलबार साफ यु–१९ च्याम्पियनशिपमा भारतसँग खेल्दैछ ।

भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

नेपाल र भारत दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । गत आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ५–० को जित हात पार्दै नेपाल एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको थियो । भारतले श्रीलंकालाई ८(० को फराकिलो अन्तरले हराएको थियो ।

आजको खेलले समूह विजेताको टुंगो लाग्ने छ । समूह बी मा नेपाल, भारत र श्रीलंका रहेका छन् । भारत पनि यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *