साफ १९ वर्षमुनिको च्याम्पियनसिपमा आज नेपाल र श्रीलङ्कावीच प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ बैशाख २८

काठमाण्डौँ । साफ १९ वर्षमुनिको च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले आइतबार श्रीलङ्कासँग खेल्दैछ । खेल भारतको उत्तर प्रदेशमा रहेको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

यसअघि नेपालले श्रीलङ्गासँग दुई खेल खेलेकोमा दुवै जितेको थियो । च्याम्पियनसिपमा दक्षिण एसियाको पाकिस्तानबाहेक छ देश सहभागि छन् । नेपालले पर्सि आयोजक भारतसँग खेल्नेछ ।

आउँदो जेठ ४ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपाल, आयोजक भारत र श्रीलङ्का छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *