महिला क्रिकेट टिममा सना प्रवीनको डेब्यू

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन २५

काठमाण्डौँ । युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डासँग खेल्दै छ ।

नेपाली महिला क्रिकेट टिमका लागि टी २०आईमा सना प्रवीनले डेब्यू गरेकी छन् । उनले गत जनवरीमा भएको आईसीसी यू १९ विश्वकप खेलेकी थिइन् ।

युगाण्डाविरूद्ध नेपाल पहिले बलिङ गरिरहेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *