|
२०८२ असार ३१
काठमाण्डौँ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।
खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो ।
यस प्रतियोगिताको दाबेदारको रूपमा रहेको बंगलादेशले नेपालमाथि एक जितको एड्भान्टेज पाइसकेको छ । अब गोलअन्तरमा आफुलाई बलियो बनाएर बाँकी सबै खेल जितेमा नेपालले उपाधि जित्न सक्छ ।
प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्