खोटाङ : हलेसी तुवाचुङ नगरपालिकामा खुल्ला महिला फुटबल प्रतियोगिता हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिका दुर्छिम खोटाङको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा “मेरो गोल, लैङ्गिक हिंसा विरुद्धको बोल,” भन्ने मूल नाराका साथ खुल्ला महिला फुटबल प्रतियोगिताको आयोजना हुन् लागेको हो । खेल वडा नम्बर ७ महादेवस्थानस्थित बसाहाथान खेलमैदानमा हुने बताइएको छ । खेल मंसिर ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुने छ ।
खेलका पुरस्कारहरु क्रमशः प्रथम, द्धितिय हुने टिमलाई १ लाख ११ हजार १ सय ११, ५५ हजार ५ सय ५५ साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिनेछ । सेमिफाइनलिस्ट टिमलाई ४४ हजार ४ सय ४४ को साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै,बेष्ट प्लेयरलाई १ हजार ५५, बेष्ट डिफेण्डर, बेष्ट मिड प्लेयर, हाई स्कोरर, बेष्ट किपर, बेष्ट कोचलाई क्रमशः १ हजार १ सय ११ को साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया