
सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाको आयोजनामा एभरेष्ट ट्रेल म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले अन्र्तराष्ट्रिय स्तरको एभरेष्ट ट्रेल म्याराथन प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगिता आगामी २०८२ साल बैशाख १२ गते गाउँपालिका रंगशाला कोर्कुबाट सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । म्याराथन उमेरगत समुहमा हुनेछ । १८ बर्षदेखि २९ बर्षसम्म महिला र पुरुष दुवै सहभागी हुन पाउने छन् । ३० बर्षदेखि ४९ बर्षसम्म महिला र पुरुष, ५० बर्षदेखि ६५ बर्षसम्म महिला र पुरुष र १८ बर्षदेखि ६५ बर्षसम्म खुल्ला महिला र पुरुष दुवै सहभागि हुन पाउने छन् । खुल्ला समुहमा सहभागि हुनेले अन्य उमेर समुहमा सहभागि हुन पाउने छैनन् ।
१८ बर्षदेखि २९ बर्ष उमेर समुहका लागि महिला पुरुष दुवैतर्फ पुरस्कार प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः २० हजार, १५ हजार, १० हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने छ । ३० बर्षदेखि ४९ बर्षसम्मका उमेर समुहलाई क्रमशः २० हजार, १५ हजार, १० हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने छ । ५० बर्षदेखि ६५ बर्ष उमेर समुहलाई क्रमशः २० हजार, १५ हजार, १० हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिनेछ । १८ बर्षदेखि ६५ बर्षसम्म खुल्ला महिला र पुरुष दवैतर्फ क्रमशः १ लाख, ७५ हजार र ५० हजारको साथमा मेडल प्रमाणपत्र वितरण गरिनेछ ।
यस्तै प्रयितयोगितामा सहभागी भई तोकिएको दुरी पार गर्ने सबैलाई मेडल प्रमाणपत्र वितरण गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया