सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्वर्गिय देण्डी शेर्पाको स्मृतिमा वडा नमबर १० टाप्टिङ र सेभेन समिट फाउण्डेसनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगरपालिका प्रमुख नाम्गेल जाङमु शेर्पा, विशिष्ट अतिथीमा उपमेयर गान्धी माया तामाङ, सेभेन समिट फाउण्डेशनका अध्यक्ष एसी शेर्पा लगायत अन्य नगरपालिकाका जनप्रतिनिधी, सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।
खेल आज बिहिबारबाट सोलुदुधकुण्ड नगरपालिका १० खाम्दिङ विद्यालयमा भइरहेको छ । २० टिमको सहभागिता रहेको छ । आज भएको उद्घाटन खेलमा सोलुखुम्बु केरुङले ओखलढुंगा बाख्रेलाई पराजित गरेको छ भने बाकी खेल शुक्रबार विहान ८ बजेबाट सुरु हुने छ । प्रतियोगिता कार्तिक २२ गतेदेखि २५ गतेसम्म हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १ लाख ५ रुपैयाँ, ७७ हजार, ५३ हजार र २७ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै, उत्कृष्ट प्रशिक्षकलाई ३ हजार, सार्वोकृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई नगद २५ सयको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
यसैवीच, कार्तिक २४ र २५ गते निशुल्क आँखा तथा दन्त शिविरको आयोजना गरिएको छ । शिविर वाङछु शेर्पा प्राथमिक अस्पताल खाम्दिङमा हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया