खोटाङको रावा बेसी गाउँपालिका १ कुभिण्डेमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडा कार्यलयको प्रायोजनमा कुभिण्डे खेलकुद विकास समितिले आयोजना गर्ने भएको हो ।
नेपालीहरुको महानचार्ड वडादशैँको अवसरमा यही असोज २० गतेदेखि २२ गते तीन दिनसम्म आयोजना हुने प्रतियोगितामा खुल्ला वडा स्तरीय पुरुष भलिबलको साथमा विभिन्न कार्यक्रमको आयोजना गरिने समितिले जनाएको छ ।
भलिबल प्रतियोगितासँगै असोज २० र २१ गते व्याटमिन्टन प्रतियोगिता, असोज २२ गते सामुकहि नृत्य, छेलो हान्ने प्रतियोगिता र पुरुष लङजम्प प्रतियोगिता हुने छ ।
प्रतियोगितामा भलिबलतर्फ प्रथम, द्धितिय, तृतिय र सानत्वना हुने समुहलाई क्रमशः ७५ हजार, ४० हजार, २५ हजार र १५ हजारको साथमा सिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै, सर्वोकृष्ट खेलाडीलाई १५ सय, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर उत्कृष्ट, डिफेन्डर र उत्कृष्ट कोचलाई १ हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने छ ।
सामुहिक नृत्यतर्फ प्रथम, द्धितिय, तृतिय र सानत्वना हुने समुहलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार प्रदान गरिने छ ।
व्याटमिन्टन तर्फ क्रमशः १० हजार, ८ हजार, ५ हजार र ३ हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने छ । छेलो तर्फकाले ३ हजार, २ हजार र १ हजार प्राप्त गर्ने छन् । खुल्ला लङजम्प तर्फकाले ३ हजार, २ हजार र १ हजार पाउने छन् ।
खेल रावा बेसी गाउँपालिका वडा नम्बर १ कुभिण्डेको खेलमैदानमा हुने आयोकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया