सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा दोस्रो दिन ८ ओटा खेल सम्पन्न
सोलुखम्बु ः सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार ८ ओटा खेल भएका छन् । प्रतियोगिताको दोस्रो दिन ८ वटा खेल भएको हो ।
स्वर्गिय देण्डी शेर्पाको स्मृतिमा वडा नमबर १० टाप्टिङ र सेभेन समिट फाउण्डेसनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता भइरहेको छ । खेल बिहिबारबाट सोलुदुधकुण्ड नगरपालिका १० खाम्दिङ विद्यालयमा भइरहेको छ ।
आज शुक्रबार भएको खेलमा लिखुपिके सोलुदुधकुण्डा नगरपालिका ७ गर्मालाई पराजित गरेको छ । ओखलढुंगाको चम्पादेवीले खिजीदेम्बा ७ लाई पराजित गरेको छ भने ओखलढुंगा कुइभिरले सोलुखुम्बु झाप्रेलाई हराएको छ । यसैगरि सोताङ गाउँपालिकाले आयोजक टाप्टिङलाई पराजित गरेको छ । पाहिला पाहिलाको आशाले मगर बौद्ध समाज सेवा सोलुदुधकुण्ड नगरपालिकालाई हराएको छ । ड्रिम्स अफ गोराखानीले मिर्मिरे एकता क्लब माठुङलाई पराजित गरेको छ । बिहिबारको उदटन खेल सहित ९ वटा खेल सम्पन्न भइसकेको छ ।
प्रतियोगितामा सोलुखुम्बु र ओखलढुंगाका गरि २० टिमको सहभागिता रहेको छ । यस्तो अवस्थामा वडाले खेलको आयोजना गरेको प्रति खेलाडीहरुले खुशी व्यक्त गरेका छन् । खेलमा दुई जिल्लाका चर्चित खेलाडीहरुको समेत उपस्थिती रहेको छ ।
वडा नम्बर १० का अध्यक्ष होमबहादुर मगर स्वयम राम्रो भलिबल खेलाडी हुनुहुन्छ । पूर्व भलिबल खेलाडी भएकाले खेललाई उहाँले राम्रोसँग बुझ्नु भएको छ । त्यसैले ओझेलमा रहेका खेलाडीहरुलाई हौसला होस भन्ने उद्धेश्यले आफ्नो वडामा भलिबल प्रतियोगिता आयोजना गरेको बताउनु भएको छ ।
प्रतियोगिता कार्तिक २२ गतेदेखि २५ गतेसम्म हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १ लाख ५ रुपैयाँ, ७७ हजार, ५३ हजार र २७ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै, उत्कृष्ट प्रशिक्षकलाई ३ हजार, सार्वोकृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई नगद २५ सयको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
यस्तै, २४ र २५ गते आँखा सिविर पनि सञ्चालन गरिएको छ । सिविर वाङछु शेर्पा प्राथमिक अस्पताल खाम्दिङमा हुने छ । प्रतियोगिताको अन्तिम दिन ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिको साथमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया