मुन स्टार क्लब सोलुखुम्बुद्धारा “विश्व शान्ती म्याराथन” स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन २१

सोलुखुम्बुमा कर्तिक ५ गते अर्थात अक्टोबर २१ मा हुने भनिएको “विश्व शान्ती म्याराथन” स्थगित गरिएको छ । मुन स्टार क्लब सोलुखुम्बुद्धारा आयोजना हुने भनिएको विश्व शान्ती म्याराथन अक्टोबर २०२४ स्थगित गरिएको हो ।

असोज ११ र १२ गतेको बर्षाले देशका विभिन्न राजमार्ग क्षति भएर धावकहरु आवत जावत गर्न नसक्ने हुँदा यस बर्षलाई प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ । अविरल बर्षाका कारण करोडौँ धनजनको क्षति भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथनको आयोजना गर्ने तयारी भएको बताइएको छ ।

अब म्याराथन आगामी बर्ष २०२५ अक्टोबर २१ मा सोहि तारिखमा गर्ने पनि आयोजकले जनाएको छ । क्लबले विज्ञप्ती जारी गरि प्रतियोगिता स्थगित गरेको प्रति क्षमायाचना समेत गरेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *