
आठौँ प्रधानमन्त्री कप एनभिएमा धिरज काजी वस्नेत बुढानिलकण्ठ भलिबल क्लबको टिम कप्तानको भुमिकामा देखिने भएको छ ।
बिहिवार क्लबले वस्नेतको कप्तानी संगै खेलाडीको नाम सार्वजनिक गरेको हो । वस्नेतले यु २३ को नेपाली भलिबल समुहको कप्तान सम्हालेको अनुभव छ । उनले नेपालको तर्फबाट १९ औ एसियन खेल चिनमा र श्रीलंकामा काभा म्याच खेलिरहेका छन । त्यस्तै एपिएफ नेपाल, नेपाल पुलिस, टिपटप हेल्प नेपाल लगायत अन्य चर्चित क्लब बाट खेल प्रदर्शन गर्दै आएका छन ।
बुढानिलकण्ठ भलिबल क्लबले प्रधानमन्त्री कप एनभिएमा पहिलो पटक सहभागी जनाउदै छ । पछिल्लो समय पुरुष भलिबल खेलमा राम्रो छलाङ मार्दै आएको क्लबले यसपटक प्रधानमन्त्री कपमा प्रवेश संगै राम्रो प्रदर्शन गर्छौ भन्ने विश्वास रहेको क्लबका अध्यक्ष सुवर्ण थापाको भनाई छ ।
टिम प्रशिक्षक राम खड्काको अनुसार धिरज वस्नेत संगै अनुभवी खेलाडीहर टिममा रहेको बताए । नेपाली खेलाडी लाई प्रोत्साहन गर्ने उद्देश्यले टिममा सबै खेलाडी नेपाली मात्र रहेका छन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया