चितवनमा बर्डफ्लु नियन्त्रणका लागि हजारौँ कुखुरा नष्ट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २८

चितवन, जेठ २८ । चितवनको खैरहनीस्थित एक पोल्ट्री फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि ठूलो संख्यामा कुखुरा तथा अन्य सामग्री नष्ट गरिएको छ।

पशु सेवा कार्यालयका अनुसार संक्रमण फैलिन नदिन ३८ हजारभन्दा बढी लेयर्स कुखुरा, हजारौँ पेटी अण्डा र ठूलो परिमाणमा दाना नष्ट गरिएको हो। तीन दिनसम्म सञ्चालन गरिएको नियन्त्रण अभियानपछि प्रभावित फार्मलाई पूर्ण सरसफाइ गरी सिल गरिएको जनाइएको छ।

अधिकारीहरूका अनुसार अन्य सम्भावित प्रभावित क्षेत्रबाट पनि नमूना संकलन गरी परीक्षणको काम जारी छ। कुखुरापालन क्षेत्रमा यस रोगको असरले व्यवसायीहरू चिन्तित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *