चितवनमा सम्पन्न अन्तर प्रदेश भलिबल प्रतियोगितामा रवि केसि नदेखिने

DaksuMedia दाक्सु मिडिया
|
२०८० चैत्र २०

गण्डकी प्रदेश भलिबल टिमका दरिलो इस्पाईगर रवि केसि अन्तर प्रदेश राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा दर्शकले देख्न नपाउने भएका छन।
चितवन जिल्लाको भरतपुरमा संचालन हुने उक्त खेल चैत २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा उद्घाटन हुने भएको छ।
प्रतियोगितामा सहभागीको लागि गण्डकी प्रदेश भलिबल संघले खेलाडीको नाम सार्वजनिक गरेको छ। टिममा रवि केसि बाहेक अन्य नयाँ खेलाडीहरुको नाम देखिएको छ।
पछिल्लो समय गण्डकी प्रदेशको टिमबाट एक पछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका केसि आफू बिदेशको तयारीमा रहेको कारण टिममा सहभागी नरहेको दाक्सु मिडिया संग जानकारी दिए। कुराकानी क्रममा उनले तीन महिनाको लागि जापान भलिबल खेल्न जाने तयारी रहेको बताए। उक्त खेल बाट फर्किए पछि गण्डकी प्रदेशकै टिममा फर्किने उनले जिकिर गरे ।
रवि नहुदा टिममा ठुलै अभाव रहने बताउदै उनको स्थानमा असोज श्रेष्ठलाई डेब्यु गराउनुका साथै आफुहरुले सक्दो उत्कृष्ट प्रदर्शन गर्ने टिम क्याप्टेन खोम प्रसाद पाण्डेले बताउनु भयो।
पुरुष भलिबल भन्नेबित्तिकै गण्डकी प्रदेशको नाम पछिल्लो समय शिर्ष स्थानमा आउँछ। विभागीय टिमसंग आमनेसामने गर्दै आएको गण्डकी भलिबल टिमले दर्शकको राम्रो साथ पाईरहेको छ।
टिममा रवि केसि नहुदा कस्तो प्रदर्शन होला भन्ने दर्शक शुभचिन्तकहरुको सामाजिक संजालमा टिक्का टिप्पणी भैरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *