काठमाडौं – पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ लाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा नियुक्त गरिएको छ।
बुधबार सरकारले राखेपमा उपाध्यक्षसहित विभिन्न खेल क्षेत्रका चार पूर्व खेलाडीलाई बोर्ड सदस्यका रूपमा मनोनयन गरेको हो। मनोनयन हुने सदस्यहरूमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन, राष्ट्रिय टेबलटेनिस खेलाडी सिक्का सुवाल, राष्ट्रिय बुद्धिचाल खेलाडी मोनालिसा खम्बू तथा पूर्व फुटबलर पवन शाही रहेका छन्।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई सस्मित पोखरेल र राखेपका सदस्य सचिव रामचरित्र मेहता ले मन्त्रालयमा आयोजित कार्यक्रममा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
शिक्षा तथा खेलकुद मन्त्रालयले सामाजिक सञ्जालमार्फत नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यहरूको सामूहिक तस्बिर सार्वजनिक गर्दै नियुक्तिबारे जानकारी दिएको हो।
यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका राखेपका पदाधिकारी तथा बोर्ड सदस्यहरूलाई पदमुक्त गरेको थियो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्