|
२०८३ जेष्ठ २८
काठमाडौँ, जेठ २८ । सर्वोच्च अदालतले परीक्षा केन्द्रबाट जफत गरिएका विद्यार्थीका मोबाइल फोन तथा तिनमा रहेका डाटा नष्ट नगर्न सम्बन्धित निकायलाई अन्तरिम आदेश दिएको छ।
सिरहामा एसईई र कक्षा १२ परीक्षाका क्रममा संकलन गरिएका मोबाइल नष्ट गरिएको विषय अदालतमा पुगेपछि उक्त आदेश जारी भएको हो। अदालतले मुद्दाको अन्तिम निर्णय नआउञ्जेल जफत सामग्री सुरक्षित राख्न र कुनै पनि प्रकारले क्षति नपुर्याउन निर्देशन दिएको छ।
रिट निवेदकहरूले मोबाइलसँगै महत्त्वपूर्ण व्यक्तिगत डाटा नष्ट हुँदा ठूलो आर्थिक तथा व्यक्तिगत क्षति हुने भन्दै अदालतको ध्यानाकर्षण गराएका थिए। यस विषयमा थप कानुनी प्रक्रिया अघि बढ्ने जनाइएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्