आईसीसी विश्व क्रिकेट लिग टूअन्तर्गत नेपालले ९ विकेटको कीर्तिमानी जित हात पारेको छ । नेपालले पपुवा न्युगिनी (पीएनजी) ले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर आसिफ सेखले अविजित ५३ रनको विस्फोटक अर्धशतकीय इनिङ्स खेले । उनले २१ बलमा ८ चौका र तीन छक्का हिर्काए । कुशल भुर्तेलले १४ बलमा ३३ रन हाने । उनले चार चौका र दुई छक्का हाने । कुशल मल्ल १३ रनमा अविजित रहे ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले पपुवा न्युगिनीलाई ३२ ओभरमा ९५ रनमा अलआउट गरेको थियो । सन्दीप लामिछानेले ५ विकेट हात पारे । १० ओभर बलिङ गर्दा सन्दीपले १ मेडन राख्दै २५ रन खर्चिए । योसँगै उनी एक दिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी एक सय विकेट लिन दुई विकेटले पछि छन् ।
सोमपाल कामी र ललित राजवंशीले पावर प्लेमा कसिलो बलिङ गर्दै सानदार सुरुवात दिलाएका थिए ।
बायाँ हाते स्पिनर राजवंशीले चौथो ओभरमा ओपनर किप्लिन डोरेगालाई बोल्ड गरे । डोरेगाले २ रन बनाए । सातौं ओभरको पाँचौं बलमा सोमपालले अर्का ओपनर हिरी हिरीलाई आउट गरे । १४ रन बनाएका हिरी हिरी करण केसीको हातबाट क्याच आउट भएका
फेसबुकबाट तपाईको प्रतिक्रिया