×

आईसीसी विश्वकप लिग टु : पीएनजीलाई नेपालले दियो २९८ रनको लक्ष्य

फाल्गुन २५, २०७९ | दाक्सु मिडिया

आईसीसी विश्वकप लिग टु अन्तर्गत आज जारी खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई २९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेको नेपालले पहिलो ब्याटिङको निम्तो पाएको थियो । 

४९.१ ओभरमा २९७ रन बनाउँदै नेपाल अल आउट भयो । नेपालका ओपनर आशिफ शेखले शतक प्रहार गरे । नेपालका लागि सर्वाधिक रन बनाएका शेखले ११० बलमा ११० रन बनाए । उनले १२ चौका र दुई छक्का प्रहार गरे ।

अर्का ओपनर कुशल भुर्तेलले ५६ बलमा ४५ रन बनाएर मैदानबाट बाहिरिए । उनले ६ चौका प्रहार गरे भने कप्तान रोहित पौडेलले ३९ बलमा ३० रन जोडे ।

भीम शार्कीले ३८ बलमा ४४ रन प्रहार गरे । उनले चार चौका प्रहार गरे भने आरिफ शेखले १५ रन बनाएर मैदानबाट बाहिरिए ।

पीएनजीका लागि सेमो केमिएले सर्वाधिक ५ विकेट दिए भने रिलेय हेकुरेले ३ विकेट लिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: