×

पीएनजीद्वारा यूएईलाई २४७ रनको लक्ष्य प्रस्तुत

फाल्गुन २६, २०७९ | दाक्सु मिडिया

आईसीसी विश्व क्रिकेट लिग टूमा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङमा आएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रनको योगफल बनाएको थियो । ओपनरद्वय किप्लिन डोरिगा र हिरी हिरीले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेर राम्रो सुरुवात दिलाएका थिए ।

हिरीले ८५ बलमा ७७ रनको पारी खेले । उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए । अर्का ओपनर डोरिगाले ५५ रनको अर्धशतकीय पारी खेले ।

त्यसपछि आएका सेसे ८१ रनको पारी खेले । अन्य खेलाडीले गतिलो रन बनाउन नसके पनि उनले १०६ बलमा १० चौकाको मद्दतमा अर्धशतकीय पारी खेल्दै टिमको पारी उकासेका हुन् । आयन अफ्जल खानले तीन विकेट लिए । जुनैद सिद्दिकी र जाहुर खानले दुई-दुई विकेट हात पारे ।

पीएनजीको विश्वकप छनोट र एक दिवसीय मान्यताले निरन्तरता पाउने सम्भावना भने सकिसकेको छ । तलिकाको पुछारमा रहेको पीएनजीको ९ अंक मात्रै छ । छैटौं स्थानमा रहेको यूएईको विश्वकपको ग्लोबल क्वालिफायरमा सीधैं छनोट हुने सम्भावना सकिए पनि शीर्ष पाँचमा रहने सम्भावना भने बाँकी छ । आफ्नो मैदानमा भएको खेलमा उसले मात्रै एक जित हात पारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: