×

यूएईविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालको खराब सुरुवात, तीन विकेटको क्षति

चैत्र २, २०७९ | दाक्सु मिडिया

आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ ।

३११ रनको विशाल लक्ष्य पाएको नेपालले पहिलो ओभरमै एक विकेट गुमाएको थियो भने १ ओभर ३ बलमा दोस्रो विकेट गुमायो । ओपनर आसिफ शेख पहिलो ओभरको ३ बलमा सून्य रनमै आउट भए भने दोस्रो विकेटको रुपमा कुशल मल्ल १ ओभर ३ बलमा ५ रन बनाएर क्याचआउट भए । तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल ६ ओभर ५ बलमा १६ रन बनाएर आउट भए । नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ३८ रन बनाएको छ । 

यूएईले दिएको विशाल लक्ष्य पछ्याइरहेको नेपालको लागि सुरुवाती झड्का महंगो पर्न सक्ने छ । त्यसका लागि नेपालले सम्हालिएर खेलमा फर्कन आवश्यक छ ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रनको विशाल योगफल बनाएको थियो ।

नेपालले एक दिवसीय क्रिकेटमा पाएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो । नेपाली बलरलाई चुनौती दिँदै यूएईका आशिफ खानले शतक पूरा गर्दै १०१ रन बनाए भने अर्का ब्याटर भृत्य अरविन्दले शतक नजिक पुगेर ९४ रन बनाए । खानले ४२ बलमा ४ चौका र ११ छक्का प्रहार गर्दै शतक पूरा गरे । १३८ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का प्रहार गरे ।

यूएईका कप्तान महम्मद वसिमले अर्धशतक पूरा गर्दै ६३ रनको उत्कृष्ट पारी खेले । उनले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे ।

त्यसअघि ओपनर आर्यन लाक्रा ६ रन बनाएर बोल्ड भए । यूएईको तेस्रो विकेटको रुपमा आउट भएका रिजवान सीपी

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: