|
२०८२ मंसिर २३
काठमाडौँ – भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनका अव्यवस्थित अवस्थाको मौका छोपी केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका एक कैदीबन्दीलाई प्रहरीले फेरि नियन्त्रणमा लिन सफल भएको छ।
वन्यजन्तुको अवैध ओसार–पसारसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार भएका गोरखा सिरानचोक–८ का २२ वर्षे सुविन गुरुङ, जो हाल काठमाडौँ तारकेश्वर–मनमैजुमा बस्दै आएका थिए, सोमबार पक्राउ परेका हुन्।
लामो समयदेखि लुकीछिपी बस्दै आएका गुरुङलाई प्रहरीको टोलीले मनमैजु क्षेत्रमा अनुसन्धानका आधारमा समातेर पुनः केन्द्रीय कारागारमा बुझाएको वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बताएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्