|
२०८२ आश्विन २१
काठमाडौं, असोज २१ — जेनजी प्रदर्शनको मौका पारेर देशभरका २८ कारागार र ९ बालसुधारगृहबाट भागेका १४ हजार ५५३ बन्दीमध्ये ५ हजार ६९७ अझै फरार छन्।
कारागार विभागका अनुसार ८ हजार ८५१ बन्दी फर्किसकेका छन् भने ५ हजार ७९ कैदी र ६१८ बालबन्दी फरार छन्।
भाग्दाको क्रममा ५ जनाको गोली लागेर र ५ बालबन्दीको झडपमा मृत्यु भएको छ।
फरार बन्दीलाई नियन्त्रणमा लिन सरकारले विशेष अभियान सञ्चालन गरिरहेको छ। समयमै नफर्किएकालाई कानुनी कारबाही हुने सरकारको चेतावनी छ।
दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्