|
२०८२ कार्तिक २९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा शुक्रबार उपचारबाट फर्केर नेपाल आएका छन्। कात्तिक १० गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका उनीहरू १८ दिनपछि स्वदेश फर्किएका हुन्।
देउवा दम्पतीलाई स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र कांग्रेस प्रवक्ता प्रकाशशरण महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानिलकण्ठस्थित देउवा निवासमै पसेर प्रदर्शनकारीहरूले दुवैजनामाथि आक्रमण गरी घाइते बनाएका थिए। त्यसपछि असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
स्वास्थ्यमा थप सुधार आवश्यक भएपछि देउवा दम्पती सिंगापुर गएका थिए र अहिले उपचारपछि स्वदेश फर्किएका हुन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्