मिर्गौला प्रत्यारोपण गरेर झलनाथ खनाल स्वदेश फिर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १४

काठमाडौं ।  पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौैैला प्रत्यारोपाण गरेरसोमबार सोमबार स्वदेश फर्किएका छन् । 

भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । 

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 

एमाले  एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल समाजवादीका स्थायी कमिटी सदस्य हुन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *