माओवादीसँग एकता गर्ने पक्षमा म छैन : झलनाथ खनाल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १४

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रक्रियाप्रति असहमति जनाएका छन्।

केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पुगेका खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू एकताको पक्षमा नभएको स्पष्ट पारे।

अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकता प्रस्ताव अघि सारेका छन्, तर खनालले उक्त कदमलाई पार्टीलाई माओवादीमा विलय गर्ने प्रयासको रूपमा आलोचना गर्दै सुरु देखिनै विरोध गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *