म नेकपा एकीकृत समाजवादीमा छु: झलनाथ खनाल

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ४

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेताको रुपमा रहेका झलनाथ खनालले आफू अब माधव नेपाल अध्यक्ष रहेको पार्टीमा रहने बताएका छन् ।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता प्रक्रिया शुरू भएपछि उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत आफू नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहेको जनाएका हुन्।

उनले फेसबुकमार्फत भनेका छन्, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौँ।’

दल दर्ता निवेदनमा खनाललाई वरिष्ठ नेता राखिएको छ। सुरुमा साथ नदिएका एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार आफू नयाँ दलमा जाने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *