काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस–एमाले गठबन्धन सरकारमा भयाङ्कर समस्या देखिएको टिप्पणी गरेका छन् । नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले सडकमा आउनुले सत्तारुढ दलमा समस्या छ भन्ने कुरा पुष्टि गर्ने बताएका हुन् ।
अहिले जनताका जुन समस्याहरु उठान गर्न सडक संघर्ष आवश्यक रहेपनि सत्तारुढ दल नै सडकमा आउने कुरा शोभनीय नरहेको उनको भनाइ छ ।
अहिले एमाले सडकमा जाँदा बालुवाटारबाट जनतामा केही सन्देश दिन नसकेको पुष्टि हुने उनले बताए । ‘बालुवाटारबाट सन्देश गएन । अब सडकबाट जनतालाई सन्देश दिनुपर्छ भन्ने सत्तारुढ दललाई पर्नु भनेको सत्तारुढ दलहरु भयंकर ठूलो शंकटमा छन् भन्ने कुरा देखाउँछ यसले । त्यो संकटको समाधान कसरी हुन्छ भन्ने कुरा अब नेपाली जनताले सोच्नुपर्ने आवस्था सिर्जना भएको छ,’– नेता खनालले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया