|
२०८२ आश्विन २५
काठमाडौं । सरकारले दिएको सुरक्षा फिर्ता लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको जिम्मा वाइसिएलले लिएको छ। वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार प्रचण्डलाई दैनिक ७० देखि १०० जनासम्म ‘पूर्वजनमुक्ति सेना’ सदस्यले तीन तहमा सुरक्षा दिइरहेका छन्।
पहिलो लेयर १५ जनाको टोली प्रचण्डसँगै रहन्छ, दोस्रो लेयर ३० जनाको टोलीले रूट क्लिअर गर्छ भने तेस्रो लेयर कार्यक्रम स्थल वरपर खटिन्छ।
सरकारी सुरक्षा कटौतीपछि अब उनीसँग सीमित प्रहरी मात्रै छन्। साथै, प्रचण्डले चढ्ने गाडी सरकारी हो वा निजी भन्ने यकिन गर्न खोजिँदैछ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्