×

अफगानिस्तानमा रहेका नेपालीको सुरक्षित उद्धार गर्न प्रचण्डको माग

साउन ३२, २०७८ | दाक्सु मिडिया

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानबाट नेपालीहरुको सुरक्षित उद्धारको लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

अफगानिस्तानको विकसित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले अहिले त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धार महत्वपूर्ण रहेको भन्दै सरकारलाई अविलम्ब कदम चाल्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा यसबारे जानकारी दिदै उनले भनेका छन्, ‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: