शर्माद्वारा प्रचण्डको राजीनामा मागजनार्दन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन्।

जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य नभएको बताउँदै शर्माले पार्टीभित्र रुपान्तरणको आवश्यकता रहेको बताएका छन्। साथै, उनले सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठनको माग गरेका छन्।

शर्माले लोकतन्त्र र नेतातन्त्रप्रति जनताको अविश्वास झल्किएको उल्लेख गर्दै, ताजा निर्वाचनका लागि वातावरण बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *