काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएको छ।
प्रहरीले उजुरी लिए पनि हालसम्म दर्ता गरेको छैन। अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालका अनुसार प्रहरी पक्षले सरकारी वकिलसँग सल्लाह गरेर २४ घन्टाभित्र निर्णय दिने बताएको छ। यदि समयमै उजुरी दर्ता भएन भने कानुनी बाटो समाउने चेतावनी पनि उनीहरूले दिएका छन्।
उनीहरूले भदौ २४ गते सिंहदरबार र सर्वोच्च अदालत क्षेत्रमा भएको आगजनीसँग सम्बन्धित फोटो र भिडियो प्रमाणहरू समेत प्रहरीलाई बुझाएको बताएका छन्।
यसैबीच, जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको उजुरी भने प्रहरीले दर्ता गरेर जाँचबुझ आयोगलाई पठाउने निर्णय गरिसकेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्