×

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन

माघ ११, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।

‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ । जाने कुरो पनि छैन,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ । उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: