जिमी (राई) उत्थान समाजको २८औँ वार्षिकोत्सव तथा आठौँ केन्द्रीय सम्मेलन भदौ २० गते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १७

काठमाडौं । जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिले आफ्नो २८औँ वार्षिकोत्सव तथा आठौँ केन्द्रीय सम्मेलन आयोजना गर्ने भएको छ।

समाजका अनुसार कार्यक्रम २०८३ भदौ २० गते शनिबार बिहान ११ बजे काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेनुमा हुनेछ।

वार्षिकोत्सवसँगै केन्द्रीय सम्मेलनसमेत आयोजना हुने भएकाले समाजसँग आबद्ध सदस्य तथा शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरिएको छ।

समाजले विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमार्फत राई समुदायको उत्थान र एकताका लागि काम गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *