रसुवा बाढीपीडितका लागि सिटी एक्सप्रेस ग्रुपद्वारा १ करोड ११ लाख सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १७

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावितहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिटी एक्सप्रेस ग्रुपले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सिटी एक्सप्रेसले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

साथै, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति ग्रुपले आभार व्यक्त गरेको छ। संकटको समयमा प्रभावित समुदायलाई साथ दिँदै पुनर्स्थापनामा हातेमालो गर्न पनि सिटी एक्सप्रेसले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *