काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले आफ्नो आवाज प्रयोग गरेर बनाइएको ‘डीप फेक भिडियो’ का विरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्।
बुधबार दिउँसो भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय पुगेर वाग्लेले उजुरी दर्ता गराएका हुन्। उनले एमाले नुवाकोटका नेता अमित मगर र चितवनका नेता कमल पाठकविरुद्ध उजुरी दिएका छन्।
साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार वाग्लेले दिएको निवेदन दर्ता गरिएको छ। हाल सामाजिक सञ्जालमा नेपाल–भारत सम्बन्ध र सीमा समस्याबारे वाग्लेले दिएको भनिएको अभिव्यक्ति सहितका भिडियो तथा टेक्स्ट सामग्रीहरू भाइरल भइरहेका छन्। ती सामग्रीहरूमा वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरिरहेको जस्तो देखाइएको छ।
तर वाग्लेले ती सामग्रीहरू नक्कली रहेको र आफ्नो आवाजको नक्कल गरी बनाइएको ‘डीप फेक’ भएको दाबी गरेका छन्। उनले यो घटनालाई आफू र आफ्नो पार्टीविरुद्ध गरिएको ‘राजनीतिक रुपमा संगठित प्रहार’ भनेका छन्।
साइबर ब्युरोले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Avery4330
September 4, 2025https://shorturl.fm/I6Py4